माधव सापकोटाको संयोजकत्वमा मिति २०७७ साल असोज १९ गते प्रथम भेला भई अंकुर नेपालको हेटौडा सम्पर्क समिति गठन गर्ने बारे छलफल भएको |
मिति २०७७ साल असोज २४ गते श्री माधब सापकोटाको संयोजकत्वमा बैठक बसेर अंकुर नेपाल हेटौडा सम्पर्क समितिको गठन भएको | र कार्य समितिमा श्री किशोर डंगोल अध्यक्षको रुपमा चयन हुनुभएको | अंकुर नेपाल हेटौडा सम्पर्क समितिको पहिलो कार्यसमिति ११ सदस्य समितिको बनेको थियो |
मिति २०७७ साल असोज २४ गते साझ पख श्री किशोर डगोलको अध्यक्षतामा पहिलो बैठक बसेको थियो | जसमा पहिलो बैठकबाट अंकुर नेपाल हेटौडा सम्पर्क समितिको सम्पूर्ण काम-काज कारवाही digital र ट्रांसप्रेंसी गर्नको लागि उप समिति गठन गरि काम गर्न निर्देशन दिएको |
अंकुर नेपाल हेटौडा सम्पर्क समितिको आयोजनमा २०७७ साल पौष १८ गते सन्दिप सुबेदीको संयोजकत्वमा बनभोज तथा कोरियन रिट्रनीहरुको खुल्ला भेला तथा भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो |
अंकुर नेपाल हेटौडा सम्पर्क समिति हरेक महिनाको २७ गतेका दिन मासिक बैठक बस्ने गर्छ | तथ अनुसार २०७८ साल बैशाख २७ गतेका दिन कोरोना महामारीको प्रकोप र निषेध आज्ञाले गर्दा भौतिक रुपमा उपस्थिति हुन् नसकेपनि यस संस्थाको बाध्यकारी नियमलाई पालना गर्दै अंकुर नेपाल हेटौडा सम्पर्क समितिको पहिलो भर्चुअल बैठक २०७८ साल बैशाख २७ गतेका दिन भर्चुअल माध्यमबाट विधिवतरुपमा बैठक बसी सम्पन्न गरेको थियो |
अंकुर नेपाल हेटौडा सम्पर्क समितिलाई योगदान स्वरूप मासिक १०० को दरले कार्यसमितिका सदस्यहरुहरुबाट योगदान गर्ने कार्यक्रम संचालन |