गणतन्त्र कोरिया मा बिभिन्न पेशा तथा ब्यवसाय मा संलग्न रही नेपाल फर्किएर बिभिन्न पेशा ब्यवसाय सन्चालन गरिरहेका नेपालीहरुद्वारा श्रमिकहरुको हक हित तथा कोरिया बाट फर्किएका नेपाली हरुलाई एकल तथा सामुहिक रुप मा ब्यवसाय सन्चालन गर्न प्रेरित गर्ने उद्देश्यले सन् २०१२ मा स्थापना गरिएको सँस्था हो । हाम्रो प्रमुख उद्देश्य नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु मार्फत् गणतन्त्र कोरियामा आर्जित सिप तथा आर्थिक श्रोतको उचित ब्यबस्थापन तथा लगानी मार्फत ब्यक्ति स्वयंमको दिर्घकालिन आर्थिक स्थायित्वका साथै स्वदेशमा रोजगारीको श्रृजना गर्न अभिप्रेरित गर्नु हो । धेरै भन्दा धेरै कोरिया रिटर्निजहरुलाई एउटै छाता भित्र गोलबन्द गरी देशमा औद्योगिक तथा सामाजिक परिवर्तनको हिस्सा बनोस् भन्ने उद्देश्यले सुरु गरिएको हो । यसको केन्द्रिय कार्यलय बुद्धनगर काठमाडौंमा रहेको छ |
- अंकुर नेपाल हेटौडा सम्पर्क समितिको परिचय तथा अंकुर नेपालको तर्फबाट उपलब्ध गराईने सेवाहरु
नमस्कार !! मित्रहरु तथा साथी बन्धुहरु !!
अंकुर नेपाल कोरियाबाट फर्केका युवाहरुको साझा सङ्गठन हो | यसको स्थापना सन २०१२ भएको हो | यसको स्थापना कोरियन राजदूतावासको पहलबाट कोरिया returnee हरुको हक हितको लागि स्थापना गरिएको हो | अंकुर नेपालको आजको मिति सम्म २ नम्बर प्रदेस बाहेक सबै प्रदेसमा प्रादेशिक शाखा स्थापना भएको छ | त्यसै गरि नेपालको जिल्ला स्तरीय र स्थानीय तह अन्तर्गत पनि जोडेर ६५ देखि ७० वटा सम्पर्क कार्यलयहरुको स्थापना भई सकेको छ | त्यसै गरी २०७७साल् असोज २४ गते माधब सापकोटा को संयोजकत्वमा तपाई हाम्रो शहर -हेटौडामा पनि अंकुर नेपालको सम्पर्क समिति गठन भई सकेको छ | अंकुर नेपाल हेटौडा सम्पर्क समिति गठन लगतै ११ सदस्य कार्यसमिति पनि चयन गरेको छ | ११ सदस्य कार्यसमितिको अध्यक्षमा किशोर डंगोल र उपाध्यक्षमा कृष्ण ढुंगाना चयन हुनुभएको छ |
तपाई हेटौडा निवासी हुनुभएको र दक्षिणकोरियाबाट आफ्नो कार्यकाल सम्पन्न गरि सकेर स्वदेश फर्किनु भएकोले तपाइँ यस हाम्रो संजालमा जोडिन अनुरोध गर्दछौं | हामीलाई कोरियन राजदूतावास , कोईका नेपाल [KOICA] इपियस कार्यलय , HRD-KOREA लगाएत श्रम तथा रोजगार मन्त्रालयहरुको सहयोग रहेको छ | हामी यी सबै निकाय सँग मिलेर कोरियन returneeहरुको बारेमा हक हितका काम गर्छौं र कोरिया बाट फर्केका युबाहरुलाई राज्यबाट प्राप्त गरिने सेवा सुबिधाहरु लिन मद्दत तथा सहजीकरण गर्दछौं | साथै परामर्श सेवा आवश्यक परेमा तालिम , बिज्ञ पनि उपलब्ध गराउन मद्दत गर्दछौं | साथै कोरियाबाट फर्केर केहि व्यापार व्यसाय गरिराखेको हुनुहुन्छ भने त्यसको प्रचार प्रसार तथा प्रवद्धन पनि गर्दछौं | यस्तै कोरिया तथा कोरियन सरकार बाट उपलब्ध गराईने तालिम , गोष्ठी तथा स्वरोजगार अवसरहरु पनि तपाइलाई प्राप्त गर्न सिफारिस तथा सहजीकरण गर्दछौ | भावी भविष्यमा कोरियन कम्पनी नेपालमा आएर खुलेमा त्यसमा हामीले कोरियन returneeहरुलाई अवसर प्रदान गर्न सहजीकरण गर्दछौं | त्यसैले तपाईलाई हाम्रो संजालमा जोडिन र सदस्य बन्नको लागि अनुरोध गर्दछौं |
यस अंकुर नेपाल हेटौडा सम्पर्क समितिमा सदस्य भएको खण्डमा सबै सुचना , अवसर, लगाएत सेवा सुबिधा डिजीटलरुपमा तुरुन्तै प्राप्त गरिने हुनाले कोरियाको जस्तै पारदर्शी भएको यहाँहरु सबै जनालाई निवेदन गर्न चाहन्छौ | सबैले एक स्थानबाट सामानरुपमा कुनै भेदभाव वा भनसुनको बिना उच्च गुणस्तरीय सेवा पाउनु हुनेछ |