16 Oct
16Oct

हेटौडा नेपाल : 

नेपालमा दक्षिण कोरियामा श्रम गरेर फर्केका युवा पीडिहरु नेपालमा बिस्तारै विस्तारै आफ्नो पेसा व्यवसाय हात हाल्ने लागेका छन् | हुनत दक्षिण कोरियाको जस्तो महिना बित्ने बित्तिकै लाखमा तलब बुझे जस्तो हुदैन सजिलो हुदैन कुनै पनि पेशा व्यवसायमा , त्यसैले धेरै नेपालीहरुले दक्षिण कोरियामा कडा श्रम गरेर पुंजी र सिप आर्जन गरेपनि त्यसको लगानी तथा सदुपयोग केवल घर-घडेरी किन्नमा मात्र सिमित रहेको छ | त्यसबाहेक धेरैले पेशा व्यवसाय अगाल्न नसक्ने जस्ता समस्या छ , त्यो केवल कडा श्रम गरेर महिना बित्ने बित्तिकै लाखमा तलब बुझ्ने बानी-व्यहोराले गर्दा दक्षिण कोरियामा गरेर आएका अधिकांस युवाहरुले नेपालमा कुनै पनि  पेशा व्यवसाय अंगाल्न मुस्किल भएको बुझिन्छ | उनीहरुलाई पेसा व्यवसायमा उल्झन भन्दा पुन कोरिया गएर श्रम गरेर आय-आर्जन गर्ने सोच अधिकांसको रहेको हुन्छ  | तर हेटौडा -०१ चौकीटोल निवासी सिताराम पुडासैनी उनि कोरियाबाट फर्केर नेपालमा आफ्नो परिवार सँग मिलेर हेटौडा -४ स्कुल रोडमा यस पी क्लेशन नाम गरेको एउटा फेन्सी पसल खोलेर परिवार  व्यवसायमा हात हालेका छन | परिवार सँग बसेर रमाउदै पसलमा बसेका हुन्छन |   हुनत धेरैको प्रश्न र सुझाव आउँन सक्छ कोरियामा गएका हरुले केहि उत्पादन मुखी कामहरुमा हात हालेर योगदान दियोस | त्यो भन्दा पहिला दक्षिण कोरियाबाट आएर जुन सुकै जेसुकै व्यवसाय चाहे त्यो सेवा उधोग होस् वा उत्पादन वा अन्य कुनै कम्तिमा उ व्यवसायमा संग्लग्न हुनु महत्वपूर्ण हो | आजको मिति सम्म कोरियाबाट फर्केर आफ्नो सानो किन नहोस आफ्नो व्यवसाय शुरु गरेका व्यक्तिहरु जुन मात्रामा हुनुपर्थियो त्यो छैन | कोरियाबाट फर्केर आएको ७/८ पछी बल्ल आफ्नो व्यवसाय शुरुगरेका उधाहरण पनि छन | त्यसैले व्यवसाय सानो होस वा ठुलो वा अन्य कुनै कोरियाबाट फर्केपछि आफ्नो व्यवसाय जति छिटो सक्दो शुरु गर्नु बुद्धिमानी ठहरिनेछ | सिताराम जसरी फेन्सी पसल चलाएर बसेका अन्य कोरियन रिटनीहरुको सङ्ख्या धेरै हुन्सक्छ तर अंकुर नेपालको हेटौडा सम्पर्क समितिले मकवानपुर जिल्लमा रहेका कोरियन रिटनीहरुको आउदा दिनहरुमा उझागर गर्दै जानेछ र उनीहरुको कथा समेट्दै जाने छ | 


क्रमस लेखदैछु ...